छब्बीस जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ - कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिन अनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ। पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ। सङ्क्रमणमुक्त हुनेदर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा कुनै पनि छैनन्। शून्य सङ्क्रमित भएका जिल्लामा बारा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, सल्यान र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ। 

हाल होम आइसोलेशनमा एक हजार ९६, संस्थागत आइसोलेशनमा ५०, आइसीयूमा १८ र भेन्टिलेटरमा तीनको उपचार हुँदैछ। विगत २४ घण्टामा ७१ हजार ७२ ले खोप लगाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×