स्याङ्जा – स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन्।
वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए। ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन्। गोठमा दुई भैँसीमात्रै थिए। चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन।
अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।