धनगढी । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ।
मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलवार साँझ कैलालीको धनगढीमा ठक्कर दिएको हो।
धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गाईलाई ठक्कर दिएर अनियंत्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ।
गाडीमा सवार मन्त्री आलेसहित सबैजना सकुशल रहेको बताइएको छ । गाडी दुर्घटनामा परेपछि मन्त्री आले अर्को गाडी प्रयोग गरेर महेन्द्रनगर गएका थिए। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।