बार्यन म्युनिख छाड्दै लेवान्डोस्की, बार्सिलोना जाने चर्चा

काठमाडौँ - जर्मन क्लब बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छाड्न चाहेको पुष्टि गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले क्लब छाड्न चाहेको पुष्टि गरेका हुन्। ‘एउटा कुरा निश्चित छ, बायर्नसँगको मेरो कथा सकियो,’ लेवान्डोस्कीले भने, ‘मलाई थाहा छ कि स्थानान्तरण दुवै पक्षका लागि उत्तम समाधान हुनेछ।’

बायर्नसँग लेवान्डोस्कीको सम्झौता २०२३ सम्म रहे पनि उनले जर्मन क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताका छन्।

बायर्नले लगातार आठपटक बुन्डेस लिगा र सन् २०२० मा च्याम्पियन्स लिगको उपाधि जित्दा लेवान्डोस्की टोलीका प्रमुख खेलाडी रहेका थिए। ३३ वर्षीय स्ट्राइकर स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलिरहेको छ। 

उनी २०१४ मा  अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न आएका थिए। लेवान्डोस्कीले बायर्नका लागि बुन्डेस लिगमा ३८४ खेल खेल्दा ३१२ गोल गरेका छन्।

  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×