प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न गगनको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेको भन्दै कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं ।’

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जवाफदेही हुनुपर्ने उनले बताए । जति पनि ठूला काण्ड भए जोजो त्यसमा जिम्मेवार छन् । उनीहरूले कहीं न कहीं दण्ड पाउनुपर्छ भन्ने हुनुपर्ने उनले बताए । ‘

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×