मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेका छन्।

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसियु) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका हुन्। डा. विप्लवमणि पोखरेलले उपलब्ध गराएको आइसियु शय्या र सर्जिकल मास्क प्रतिष्ठानको तर्फबाट उनीहरूले प्रदान गरेका हुन्।

प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्नका लागि अक्सिजन, भेन्टिलेटर र आइसीयु शय्या उपलब्ध गराउँदा सहज भइरहेको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×