‘मनसँग मन’ माघ २० बाट रिलिज हुने, पोष्टरमा पललाई पनि स्थान

काठमाडौँ - सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा गरिएको छ। कैलाश राईको निर्देशनमा तयार भएको यो फिल्मलाई अरुण तामाङले निर्माण गरेका हुन्।

माघको २० गतेबाट फिल्म देशभर रिलिज हुने भएको निर्माणपक्षले जनाएको छ। निर्माण पक्षले १ पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। यो फिल्ममा अभिनेता पुष्प खड्का, अभिनेत्री वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय रहेको छ।

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको पनि विशेष भूमिका रहेको छ। सार्वजनिक पोष्टरमा हाल कारागार बिताइरहेका अभिनेता पललाई पनि समावेश गरिएको छ। फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन,अर्जुन जीसीको सम्पादन रहेको छ।

फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको हो। फिल्मको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ।

यो फिल्म मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा पनि रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×