राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने’ सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×