पोखरा - नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको पुरुष ११० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्बलका जीवन चौधरीले स्वर्ण पदक जितेका छन्।
सोमबार बिहान पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा निर्धारित दूरी पार गर्न उनले १५.०३ सेकेन्ड खर्चेका छन्। सोही इभेन्टमा निर्धारित दूरी पार गर्न १५.८१ सेकेन्ड खर्चिएका नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक जितेका छन्।
यस्तै आर्मीकै रामप्रसाद थारु १६.०० सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य पदक जित्न सफल भएका छन्।