‘पुष्पाः द रुल’को स्क्रिप्टमा परिवर्तन गर्दै निर्माण पक्ष

काठमाडौँ। दक्षिण भारतीय कलाकार अल्लू अर्जुन र रश्मिका मन्दनाको सफल चलचित्र ‘पुष्पाः द राइज’ हेरेपछि दर्शकहरू यसको दोस्रो भागको प्रतिक्षामा रहेका छन्। निर्माण पक्षपनि सिक्वेलको तयारीमा लागिसकेका छन्। 

खबरका अनुसार निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्न खोजिरहेका छन्। उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्न निर्माताले स्क्रिप्ट परिवर्तन गर्न लागेको जनाईएको छ। केहि नयाँ ट्वीस्ट थपेर निर्देशक सुकुमार चलचित्रको दोस्रो सिक्वल ‘पुष्पाः द रुल’ ल्याउने तयारीमा छन्। जसका लागि उनले स्क्रिप्टमा परिवर्तन गरिरहेका छन्।

चलचित्रको सुटिङ सुरु हुने तयारीमा रहेको छ। चलचित्रको दोस्रो भागमा अल्लूलाई एक झगडालु व्यक्तिको रुपमा देखाईनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×