काठमाडौँ - आज दिउँसाे प्रतिनिधिसभाको बैठक बस्दैछ। एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय
संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्। आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।