काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन्। पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे।
आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागतका क्रममा अध्यक्ष दाहालले सो अआग्रह गरेका हुन्। सो अवसरमा नेकपा९एमाले० सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरी आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए। कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो।