न्यूजिल्याण्डका पूर्वकप्तान भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको सहायक प्रशिक्षक नियुक्त

काठमाडौँ - न्यूजिल्याण्डका पूर्वकप्तान ड्यानियल भेट्टोरी अस्ट्रेलियाको पुरुष टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। आन्द्रे बोरोभिचसँगै भेट्टोरीलाई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको हो।

दुवै जना श्रीलंकाविरुद्ध जुनको अन्त्यबाट सुरु हुने टेस्ट सिरिजकाका लागि सहायक प्रशिक्षकको रुपमा टोलीमा सहभागी हुनेछन्। बोरोभिचले गत वर्षदेखि अस्ट्रेलियाको टोलीसँग काम गर्दै आएका छन् भने उनी अस्ट्रेलिया ‘ए’ टोलीको कोचिङ स्टाफमा पनि हुन्।

पाकिस्तानविरुद्धको सीमित ओभरको सिरिजमा अस्ट्रेलियाली टोलीसँग काम गरेका भेट्टोरीले यस सिजन द हन्ड्रेडमा बर्मिङ्घम फिनिक्सको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। गत सिजन यस टोलीलाई फाइनलमा पुर्‍याउन भेट्टोरीको महत्त्वपूर्ण योगदान थियो।

अस्ट्रेलियाको पुरुष टिमका प्रमुख एन्ड्रयु म्याकडोनाल्ड र भेट्टोरी दुवैसँग सँगै खेलेको र कोचिङ प्रदान गरेको अनुभव छ। भिट्टोरीको क्रिकेट कोचिङमा पर्याप्त अनुभव छ भने आन्द्रेसँग कुनै व्यावसायिक क्रिकेट पृष्ठभूमि छैन। तर, आन्द्रेले भिक्टोरिया र मेलबर्न रेनेगेड्सका मुख्य प्रशिक्षक हुँदा म्याकडोनाल्डसँग काम गरिसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×