काठमाडौँ - प्रिमियर लिग क्लब लिभरपुल र म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा भिड्ने भएका छन्। इङ्ल्यान्डले एफएले शुक्रबार सार्वजनिक गरेको चौंथो चरणको ‘ड्र’ मा सिटीले लिभरपुललाई प्रतिद्धन्दी पाएको हो।
८ पटकको च्याम्पियन म्यानचेस्टर सिटीले चौथो चरणमा लिभरपुलको सामना गर्ने भएको छ। यता लेस्टर एमके ले डोन्ससँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ।
त्यस्तै न्युकासलले बर्नेमाउथसँग खेल्दा ब्राइटनले चार्लसँग खेल्नेछ। यस्तै साउथह्याम्पटनले लिन्कोल सिटीलाई प्रतिद्धन्दी पाएको छ भने उल्भ्सले गिलिनघमको सामना गर्नेछ।