काठमाडौँ। नेत्रदानसम्बन्धी कथा बोकेको चलचित्र ‘थर्ड आई’ बनेको छ। सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, बिनोद मिश्र, सुरज पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको चलचित्रले दृष्टी गुमेपछि अरु कसैसँग लिएको आँखाले पनि संसार देख्न सकिन्छ भन्ने संदेश दिएको छ।
एक घन्टाको चलचित्र चितवनमा बनेको हो। आसुतोष अधिकारीको निर्देशनमा बनेको चलचित्रका निर्माता बिनोद मिश्र रहेका छन्। केडी प्रशित कार्यकारी निर्माता रहेको चलचित्रमा बिमल लामाको संगीत, साहित्यकार आरती अधिकारीको लेखन, रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायांकन रहेको छ।
चलचित्र विभिन्न च्यारिटी शो तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरेपछी मात्र सिनेमाघरमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ।