‘पासो’ लाई दर्शक अभाव

काठमाडौँ - ‘पासो’ गत शुक्रबार रिलिज भएको फिल्म हो। फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले दर्शक पाउन भने सकेन। फिल्ममा रिलिजको दिन देखिनै दर्शक अभाव देखिएको छ। सोही कारण शुक्रबार र शनिबार केही शो दर्शक पाएको फिल्मको आइतबार धेरै शो घटेको छ।

फिल्मका वितरक करण क्रेजीले ‘पासो’ मा दर्शक अभाव रहेको बताएका छन्। प्रचारप्रसार खासै नभएको फिल्ममा दर्शक नदेखिनुको मुख्य कारण उचित प्रचार प्रसारको नहुनु रहेको वितरक करणको भनाई छ।

अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका रहेको छ। फिल्म आर.बी पुनले निर्देशन गरेका हुन्।

कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन्। फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×