कुशलले पाकिस्तान जुनियर लिग खेल्दै

काठमाडौँ - नेपाली राष्ट्रिय पुरुष टोलीका अलराउन्डर कुशल मल्लले पाकिस्तान जुनियर क्रिकेट लिग (पिजेसिएल)मा सहभागी जनाउने भएका छन्। जुनियर लिग खेल्न कुशल बिहीबार पाकिस्तान प्रस्थान गरेका छन्।

पिजेसिएलमा आबद्ध ग्वादार सार्कले कुशललाई ड्राफबाट छैटौँ चरणमा आबद्ध गरेको हो। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले विश्वभरिका जुनियर खेलाडीहरूलाई एक्सपोजर गर्न जुनियर क्रिकेट लिग प्रतियोगिता आयोजना गरेको हो। कुशल आबद्ध ग्वादारको कप्तानी साम्यल हुसेनले गर्नेछन्। ग्वादारले कुशललाई कति रकममा भित्र्याएको भन्ने उल्लेख गरेको छैन।

ग्वादारले बिहीबार सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालका कुशललाई १५औँ खेलाडीका रूपमा समावेश गरेको छ। प्रतियोगिता ६ देखि २१ अक्टोबरसम्म हुनेछ। प्रतियोगिताको फाइनल खेल लाहोर रंगशालामा हुनेछ। कुशल आबद्ध ग्वादारले आफ्नो पहिलो खेलमा रावलपिन्डी राइडर्सको सामना गर्नेछ। पिसिबीका अनुसार प्रतियोगितामा धेरैजसो खेलाडी आइसिसी विश्वका यू-१९ टोलीमा आबद्ध छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×