केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु
-
|
-
पुस १९, २०७८
नैरोबी। सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्। लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ। ती मध्ये एकजनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन्।