टोटनहम शीर्ष चारमा कायम

काठमाडाैँ -  ह्यारी केनको दुई गोलको मद्दतले टोटनहमले बिहीबार १० खेलाडीमा सीमित आर्सनललाई ३–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावनालाई कायम राखेको छ।

टोटनहमले एन्टोनियो कोन्टेको यो खेल गुमाएको भए शीर्ष चारको सम्भावना समाप्त हुने थियो। आर्सनल भने यो खेलमा विजयी रहेको भए उसको च्याम्पियन्स लिगमा छनोट हुने निश्चित हुन्थ्यो।

टोटनहमका लागि केनसँग सन ह्वेङ–मिनले एक गोल गरेका थिए। आर्सनलले सन् २०१६–२०१७ यता च्याम्पियन्स लिग खेलेको छैन। जितले टोटनहमको ६५ अंक भयो भने आर्सनल अझै ६६ अंकमा चौथो स्थानमा रहेकाे छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×