नाइजेरियाको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु

नाइजेरिया । दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ । गलत तरिकाबाट ओभरटेकिंग र नियन्त्रण गुमाउँदा दुर्घटना भएको ओगुन राज्यको फेडरल रोड सेफ्टी कोर्प्सका कमाण्डर अहमद उमरले राज्यको ओटा सहरमा पत्रकारहरूलाई बताएका छन् ।  यस दुर्घटनामा कूल १८ व्यक्ति संलग्न रहेका पनि उनले बताएका छन् । 

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र मृतकको शव पहिचानका लागि सोही अस्पतालमा राखिएको उमरले बताएका छन् । विशेष गरी चाडपर्वको समयमा उच्च सवारी साधन चल्ने समयमा खतरनाक सवारी नचलाउन सवारी चालकलाई चेतावनी दिइएको पनि उनले बताएका छन् ।

नाइजेरियामा प्रायः  घातक सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । ओभरलोडिङ, खराब सडक अवस्था, र चालकले लापरवाह गरी सवारीसाधन चलाउने नै सडक दुर्घटनाका प्रमुख कारणहरु रहेका अनुसन्धानकर्ताको भनाई रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×