काठमाडौँ - नेपाली र भारतीय बक्स अफिसमा ब्लकबस्टर भएको 'आरआरआर'ले जापानमा पनि राम्रो व्यापार गरेको छ।
आरआरआरको ओपनिङ कलेक्सन त कुनै पनि भारतीय फिल्मको लागि सर्वाधिक कमाइ हो। केही साताअघि आरआरआर ट्रिओ रामचरण, जुनियर एनटीआर र राजामौलीले जापानमै गएर फिल्मको प्रोमोशन गरेका थिए। जापानमा अक्टुबर २१ मा फिल्म रिलिज गरिएको थियो।
भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार फिल्मले पहिलो साता नै ७३ मिलियन जापनिज येन अर्थात् ४ लाख ९५ हजार अमेरिकी डलरको कमाइ गरेको थियो। फिल्म जापानका ४४ शहरका ३१ आईम्याक्स र २०९ स्क्रिनमा लागेको थियो।
जापानमा यति धेरै स्क्रिनमा रिलिज भएको यो एक मात्र भारतीय फिल्म हो। पछिल्लो १० दिनको आँकडा हेर्ने हो भने चाहिँ आरआरआरले ६ करोड भारुको कमाइ गरेको छ।