पोखरा - पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीकाे ज्यान गएकाे छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएकाे छ।
आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा-१० अस्पताल चाेकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्याइएकाेमा उपचारका क्रममा उनको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन्।
उनी त्रिभुवन आर्मी क्लबबाट प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा सहभागी भएका थिए।