'बजरंगी भाईजान'की मुन्नीलाई भारत रत्न डक्टर अंबेडकर अवार्ड'

भारत। कबीर खानको चलचित्र 'बजरंगी भाईजान'मा मुन्नीको भूमिका निभाउने बालिका हर्षाली मल्होत्रालाई प्रतिष्ठित पुरस्कार 'भारत रत्न डक्टर अंबेडकर अवार्ड'ले सम्मान गरिएको छ। अभिनेत्रीले यो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएकी हुन्। अभिनेत्रीले इंस्टाग्राममा केहि तस्विरहरू शेयर गरेकी छिन्। जसमा उनले अवार्ड लिईरहेको देख्न सकिन्छ। 

हर्षाली लेख्छिन् " श्री भगत सिंह कोश्यारी (महाराष्ट्रका राज्यपाल) बाट भारत रत्न डक्टर अंबेडकर पुरस्कार पाएर धन्य भएको छु।" तस्विरमा उनले सेतो र गुलाबी रंगको लहंगा लगाएकी छिन्। उनले पुरस्कार पाएको देखेर प्रशंसकहरू निकै खुशी भएका छन्।

उनले यो पुरस्कार निर्देशक कबीर खान र सलमान खानलाई समर्पित गरेकी छिन्। कबीर खानको यो चलचित्रका निर्देशक हुन् भने सलमान चलचित्रको मुख्य भूमिकामा रहेका थिए। हर्षाली लेख्छिन् "ममाथी विश्वास गर्नुहुने सलमान खान, कबीर खान और मुकेश छाबडा अंकललाई यो पुरस्कार समर्पित गर्न चाहन्छु...र पुरै बजरंगी भाईजान टिमलाई।"

चलचित्र 'बजरंगी भाईजान'मा हर्षालीले एक पाकिस्तानी बालिका 'मुन्नी'को भूमिका निभाएकी थिइन्, जो भारतमा हराउछिन्। सलमान खानले पवन कुमार चतुर्वेदीको भूमिका निभाएका छन्, जसले मुन्नीलाई उनको घर पुग्न मदत गर्छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×