काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गिरिबन्धु टि स्टेटको उजुरी कुरेर बसिरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेल गिरिबन्धु प्रकरणमा उजुरी आएपछि कुनै पनि बेला अनुसन्धान गर्न प्रहरी तयार रहेको बताएका हुन्।
उनले भने, ‘नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरिबन्धु टि स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ। र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ। कुनै पनि समय, कुनै पनि बेलादेखि भएका विभिन्न किसिमका यी घटनाहरुका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ।’