खोखोको महिला पुरुष दुवैमा लुम्बिनी र आर्मी फाइनलमा

पोखरा - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम नेपाल आर्मी महिला पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको हो।

पोखरा रंगशालास्थित ह्यान्डल एकेडेमीमा भएको सेमिफाइनल खेलमा लुम्बिनीले २५-१६ अंकसहित बागमती प्रदेशलाई पराजित गरेको थियो। लुम्बिनीले फाइलनमा विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ।

सेमिफाइनलअन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई पराजित गर्दै फाइलन यात्रा निश्चित गरेको हो। सिंगल इनिङमा सकिएको खेलमा आर्मीले १९-२ अंकसहित जित निकालेको थियो।

महिलातर्फ पनि लुम्बिनी प्रदेश र आर्मी नै फाइनलमा पुगेका छन्। ह्यान्डबल एकेडेमीमा भएको सेमिफाइनलअन्तर्गत पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीले सुदूरपश्चिमलाई १८-२ अंकसहित सिंगल इनिङमा जित निकालेको थियो।

त्यस्तै, महिलातर्फ नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई पराजित गर्दै फाइनल पुगेको छ। फाइनल यात्राका लागि लुम्बिनीले प्रदेश १ माथि २२-२ को फराकिलो जित निकालेको हो। महिलातर्फ लुम्बिनी र आर्मी भिड्नेछन्।

राउन्ड रोबिन आधारमा असोज ३० गतेबाट सुरु भएको खोखो खेलको पदकका लागि बिहीबार भिड्नेछन्। प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×