काठमाडौँ - दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्कापञ्जा’को चौथो सिरिज आगामी असार १ गतेबाट छायांकनमा सुरु हुने भएको छ।
फिल्म ‘छक्कापञ्जा ४’को स्क्रिप्ट लेखनको काम पनि केही दिनमा सकिने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए। असारदेखि फिल्मको छायांकन सुरु गरिने उनले बताए।
फिल्मको रिलिज मिति भने आगामी दशैंका लागि तय गरिसकिएको छ। फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन्। ‘छक्कापञ्जा ४’को टिजर भने यसअघि नै सार्वजनिक भइसकेको छ।
नेपाली बक्स अफिसमा दक्षिण भारतीय, बलिउड र हलिउडका फिल्मले दबदबा मच्चाइरहेको बेला ‘छक्कापञ्जा ४’को रिलिजपछि नेपाली फिल्मलाई चलायमान बनाउने आफूहरुको विश्वास रहेको निर्माता गिरीले बताए।