एन्फा नेतृत्वमा नेम्वाङ आएपछि अलमुताइरीले गरे नेपाल नफर्कने संकेत

काठमाडौँ - पंकज विक्रम नेम्वाङको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै राष्टिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किन्छन् र फर्किँदैनन्? भन्ने धेरैको चासो छ। एन्फाको नयाँ नेतृत्वसँग प्रशिक्षक अलमुताइरीको सम्बन्ध त्यति राम्रो छैन। त्यसले पंकज विक्रम नेम्वाङले आगामी ४ वर्षको लागि एन्फाको नेतृत्व गर्ने भएका कारण अलमुताइरी नेपाल फर्कने सम्भावना कम छ। 

आगामी ४  वर्षका लागि एन्फाको नेतृत्वमा कर्मा छिरिङ शेर्पा विजयी भए अलमुताइरी स्वदेश फर्किने र नेम्वाङ आए उनी फर्किँदैनन् भन्ने चर्चा यसअघि नै फुटबल वृत्तमा फैलिएको थियो।  
सोमबार भएको निर्वाचनमा ४५ मत ल्याएर नेम्वाङ विजयी हुँदा शेर्पाले भने ३९ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का प्रत्यासी राजीव पौडेलले भने एकमत पनि प्राप्त गर्न सकेनन्। 

सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताइरीले सामाजिक सञ्जालमार्फत् मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिने संकेत गरेका हुन्।  

सोमबार नेम्वाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका थिए। यद्यपि उनले उक्त पोस्ट केही समयपछि हटाएका छन्। गत वर्ष साउनमा उनले नेम्वाङको कारण आफूले राजीनामा घोषणा गरेको बताएका थिए।

एसियन कपको छनोट खेल्न जानु अघि नै नेपाल छनोट हुन नसक्ने प्रतिक्रिया दिएपछि अलमुताइरी विवादमा पनि आएका थिए। टोलीको प्रशिक्षक भएको नाताले खेलअघि नै छनोट हुन सकिँदैन भनेर पराजयको मानसिकता बोकेको भन्दै उनको आलोचना पनि भएको थियो। 

नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेपछि पनि अलमुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए। तर आफू बिदामा रहेको भन्दै पुनः नेपाल आएका थिए। त्यतिबेला शेर्पाको नेतृत्वमा एन्फा रहेकाले पनि उनी नेपाल आएको बुझिएको थियो । यसपटक उनी आउने सम्भावना कम छ। कतार फुटबल संघसँगको सहकार्यमा कतारले नै मासिक पारिश्रमिक दिने गरेर अलमुताइरी नेपाली टोली हेर्न आएका थिए। 

नेपाल आएदेखि नै सामाजिक सञ्जालमा निकै सक्रिय बनेका र फुटबल समर्थकको मन जित्न सफल भएका अलमुताइरी विवादबाट भने आफूलाई टाढा राख्न सकेनन्। फुटबल बाहेक मैदान बाहिरको खेलमा पनि चासो दिने गरेको भन्दै अलमुताइरी समय समयमा विवादमा आइरहे। पछिल्लो समय सिनियर टोलीका १० खेलाडीसँगको विवादले पनि उनी चर्चामा रहे। 

प्रशिक्षक खेलाडीसँगको विवादमा समयमा नै अभिभावकत्व लिन नसकेको भन्दै कर्मा छिरिङ शेर्पा पनि विवादित बने।  शेर्पाको हारको एउटा कारणको रुपमा अलमुताइरीलाई पनि हेरिएको छ। एन्फामा कर्मा नजिक रहेका अलमुताइरीले उनी बाहेक अन्य नेतृत्वसँग काम गर्न नसक्ने पहिला नै बताइसकेका थिए।

सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा नेम्वाङ विजयी भएपछि अलमुताइरीले सामाजिक सञ्जालमार्फत् मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिने संकेत गरेका हुन् ।  

सोमबार नेम्वाङ निर्वाचित भएपछि इन्स्टाग्राममा स्टोरी राख्दै उनले नेपाल नफर्किने संकेत गरेका थिए। यद्यपि उनले उक्त पोस्ट केही समयपछि हटाएका छन्। गत वर्ष साउनमा उनले नेम्वाङको कारण आफूले राजीनामा घोषणा गरेको बताएका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×