भारत। दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाको आउँदो चलचित्र ‘लाइगर’ प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रमा अभिनेत्री अनन्या पाण्डे पनि मुख्य भूमिकामा रहेकी छिन्। त्यसैगरि विश्वप्रख्यात बक्सर माइक टाइसन पनि चलचित्रमा देखिदैछन्।
भर्खरै निर्माताले चलचित्रको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बिक्री गरेका छन्।करिब ६० करोड रुपैयाँमा चलचित्रको राइट बिक्री भएको हो। निर्माताहरूले भने अमेजनसँग ८० करोडको माग गरेका थिए। चलचित्र पहिला सिनेमाघरमा प्रदर्शन हुनेछ। त्यसपछि मात्र चलचित्र ओटीटीमा प्रदर्शन हुनेछ।