निरन्तरको इजलास बहिष्कारको विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथी प्रहरीको हस्तक्षेप (तस्बीर सहित)

काठमाडौँ । निरन्तरको इजलास बहिष्कारको विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथी प्रहरीले हस्तक्षेप गरेको छ । मोटरसाइकल र्‍याली गर्दै माइतीघर मण्डलामा पुगी त्यहाँबाट नगरपरिक्रमा गर्ने क्रममा प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको थियो ।

प्रहरीले बल प्रयोग गरि र्‍यालीलाई नगर परिक्रमा गर्न रोक लगाए पश्चात् र्‍याली आमसभामा परिणत भएको थियो । माइतिघर मण्डला अघि परिणत भएको आमसभाका क्रममा युवाहरुले विभिन्न नाराहरु लगाएका थिए ।

न्यायालयमा अहिले भइ रहेको गतिरोध र निरन्तरको इजलासको विरुद्धमा देशका युवाहरुले गरेको विशाल मोटर साइकल र्‍यालीमा सैयौँको संख्यामा आम युवाहरुको उपस्थिति रहेको थियो । तर प्रहरीको हस्तक्षेपका कारण उनीहरुको नगर परिक्रमा गर्ने योजना भने सफल हुन सकेन । 

'मेरो पेसी कहिले आउँछ सरकार', 'नागरिकको न्याय रोक्न पाइँदैन', लगायतका ब्यानर सहित माइतीघर मण्डलामा आमसभा गरेका युवाहरु न्यायलय अवरुद्ध गर्न नपाइने, कानुन व्यवसायीहरुलाई न्यायालय अवरुद्ध गर्न कसैले अधिकार नदिएको धारणा युवाहरुले प्रस्तुत गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×