नेपाल संवत नेवारहरुको मात्रै नभई सबै नेपालीको हो: प्रधानमन्त्री दाहाल

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् हो भनेका छन्। मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने, ‘नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवत्प्रति नेपालीले गर्व गर्नुपर्छ ।’

नेपाल संवत्लाई स्थापित गर्न नेवार बुद्धिजीविहरूको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताए। उनले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×