काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना अन्तर्गत बन्ने विद्युत प्रसारण लाइन निर्माणमा प्रतिस्पर्धा गर्न नेपाली निर्माण व्यावसायीलाई आग्रह गरेका छन्।
नेपाल निर्माण व्यावसायी महासंघको साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले एमसीसीको ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका हुन्। “एमसीसीमा ग्लोबल टेन्डर हुन्छ। तपाईंहरू पनि हिम्मत गर्नुहोस्, एमसीसीको बिडिङमा सफल हुनुहोस्। सबभन्दा बढी म खुसी हुनेछु”, देउवाले भने। प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा भ्रममा नपर्न समेत आग्रह गरेका छन्।