चर्चित तामाङ कलाकारहरूकाे साथमा 'सोनाम ल्होछार'काे विशेष कार्यक्रम हुने

मकवानपुर । राक्सिराङ गाउँ पालिका-८ स्थित ठूलो टोट्केमा मञ्जुश्री संवत् २८५८ औं (ताक ल्हो) सोनाम ल्होछार तामाङ नेतृत्व तामाङ सेलो जगतका चर्चित कलाकारहरुको साथमा २०८७ माघ १४ गते ठूलो टोट्के स्थित खेल मैदानमा हुने भएको छ।

कार्यक्रम बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ भने विशेष अतिथिको रुपमा तामाङ घेदुङ बाट काजीमान तामाङ, बागमती प्रदेश भौतिक पूर्वाधार राज्य मन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान लगायत सबै वडाका वडा अध्यक्ष लगायत विभिन्न पार्टीका राजनैतिक नेतृत्व हरुको उपस्थित रहने जनाइएको छ।

त्यस्तै, कार्यक्रममा तामाङ सेलो जगतका चर्चित तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायिका जितु लोप्चन,चर्चित गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ, गायिका बिमला थिङ, गायिका रेश्मा बोम्जन, गायिका पुजा तामाङ, मोडल तथा डान्सर सोना थोकर, साथमा स्थानिय कलाकारहरु र मनहरी आस्था कला केन्द्रको बेजोड प्रस्तुति रहने बताईएको छ।

उक्त कार्यक्रम सामुन्द्रिक सतहभन्दा २ हजार मिटरभन्दा माथि सतहमा हुने भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×