उपाध्यायका निधनमा प्रतिष्ठानबाट दुःख व्यक्त

काठमाडौँ - पुष्पलाल स्मृति प्रतिष्ठानले संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्यायका निधनमा दुःख व्यक्त गरेको छ। प्रतिष्ठानका महासचिव डा गङ्गालाल उपाध्यायले आज शोक वक्तव्य जारी गरी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। 

नेकपाका संस्थापक महासचिव पुष्पलालबाट विसं २००८ मा तनहुँको बन्दिपुरमा पार्टी सदस्यता लिका उपाध्यायले नेपालको वाम आन्दोलनमा विभिन्न चरणमा सहभागिता जनाउनाका साथै २०५१ प्रतिष्ठान स्थापनामा  महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनको गए राति थापाथलीस्थित नर्भिक अस्पतालमा ९३ वर्षका उमेरमा  निधन भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×