हलिउडको गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ उत्कृष्ट चलचित्र

काठमाडौँ। हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा गरिएको छ। उक्त अवार्डमा हलिउडका चलचित्र र टेलिभिजन कार्यक्रमलाई पुरस्कृत गरिने गरेको छ। यस वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पाउन सफल भयो। मोसन विधामा चलचित्र ‘किंग रिचर्ड’का लागि विल स्मिथले ‘बेस्ट एक्टर’ को अवार्ड हात पारे। कोभिड महामारीलाई मध्यनजर गर्दै एक निजी समारोहमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो। अवार्डको पछिल्लो संस्करण विवादित बनेपछि आयोजकले यसपटक प्रत्यक्ष प्रसारण नगरी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत विजेताको घोषणा गरे।
अवार्ड विजेता :

द पावर अफ डग–बेस्ट फिल्म
वेस्ट साइड स्टोरी–बेस्ट फिल्म म्युजिकल÷का‘मेडी
निकोल किडमैन–बेस्ट एक्ट्रेस
विल स्मिथ–बेस्ट एक्टर
रेचल जेग्लर–बेस्ट एक्ट्रेस म्युजिकल÷कमेडी
एन्ड्रयू गारफील्ड–बेस्ट एक्टर म्युजिकल÷कमेडी
एरियाना डेबोस–बेस्ट एक्ट्रेस सपोर्टिङ
कोडी स्मिट–मक्फी–बेस्ट एक्टर सपोर्टिङ
जेन केम्पियन–बेस्ट डायरेक्टर
केनेथ ब्रनाघ–बेस्ट स्क्रीनप्ले
एनकेन्टो–बेस्ट एनिमेशन फिल्म
ड्राइव माय कार–बेस्ट नन इङ्लिश फिल्म
ड्यून बेस्ट–ओरिजनल स्कोर
नो टाइम टू डाय–बेस्ट सङ

टेलिभिजनतर्फ:

सक्सेशन–बेस्ट सीरीज
हेक्स–बेस्ट सीरीज म्यूजिकल÷कमेडी
द अन्डरग्राउण्ड रेलरोड–बेस्ट टेलिभिजन मोसन पिक्चर
केट विन्सलेट–बेस्ट एक्ट्रेस
एमजे रोड्रिग्ज–बेस्ट एक्ट्रेस परफर्मेन्स
जेरेमी स्ट्रोङ–बेस्ट एक्टर परफर्मेन्स
जीन स्मार्ट–बेस्ट एक्ट्रेस परफर्मेन्स म्युजिकल÷कमेडी
जेसन सुदेकिस–बेस्ट एक्टर परफन्र्मेन्स म्युजिकल÷कमेडी
सारा स्नूक–बेस्ट एक्ट्रेस परफर्मेन्स सपोर्टिङ
ओ योङ सू–बेस्ट एक्टर परफर्मेन्स सपोर्टिङ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×