झडपपछि स्थगित भएको एमाले धनुषाको अधिवेशन हुँदै, मतदान जारी

विवादपछि स्थगित भएको नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन आज पुनः हुँदैछ । आज नेतृत्व चयनको लागि मतदान हुँदैछ । आज बिहान ११ः२० बजेदेखि मतदान सुरु भएको हो ।

जनकपुरको महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा दिउँसो सवा २ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न ६२८ प्रतिनिधिले मतदन प्रक्रियामा भाग लिने जनाएको छ ।

उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव उम्मेदवार छन् भने सचिव पदका लागि दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।

उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फको उपसचिव पदका लागि किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ प्रतिस्पर्धामा छन् ।

गत वैशाख २३ गते अन्तिम नामावली प्रकाशनको विषयमा दिनभर झडप भएको थियो । त्यसमा ५ जना घाइते समेत भएका थिए ।

अध्यक्ष पदका उम्मेदवार भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् । झडपपछि मतदान स्थगित भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×