काठमाडौँ। सफल हलिउड चलचित्र ‘अवतार’को दोस्रो सिक्वल ‘अवतार–२' प्रदर्शन मिती घोषणा गरिएको छ। जेम्स क्यामरुनको निर्देशन रहेको चलचित्रका सबै दृश्य पानीमुनि खिचिएको छ। रिपोर्टका अनुसार चलचित्र १६ डिसेम्बर २०२२मा प्रदर्शनमा आउने तयारीमा रहेको छ।
सन् २०१२ पछि ‘अवतार’को सिक्वेलको तयारी सुरु गरिएता पनि चलचित्र निर्माणमा निकै समय लागेको छ। एक बिलियन डलरको खर्चमा बन्न लागेको चलचित्रको ५ सिक्वलसम्म आउने अड्कल गरिएको छ। ‘अवतार २'को पूर्ण रूपमा र 'अवतार ३’को छायांकन आंशिक रूपमा सकिइसकेको छ। ‘अवतार २’ डिसेम्बर २०२२ मा, 'अवतार ३’ डिसेम्बर २०, २०२४, ‘अवतार ४’ डिसेम्बर २०२६ र ‘अवतार ५’ डिसेम्बर २०२८सम्म आउन सक्ने अड्कल गरिएको छ।
खबरका अनुसार चलचित्र 'अवतार २'को निर्माण पक्षले दक्षिण भारतीय चलचित्र 'पुष्पा २'को निर्माण पक्षलाई दुई चलचित्रको प्रदर्शन मिती नजुधाउन सल्लाह दिएका छन्।