जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मनाङ - २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका–५ थोचे बस्ने बाग्लुङ निसिखोला गाउँपालिका–५ घर भएका ४० वर्षीय तेजेन्द्र बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिकले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धारापानी र जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×