काठमाडौँ - बेलायती नम्बर एक टेनिस खेलाडी एमा रादुकानुले प्रभावशाली प्रदर्शन जारी राखेकी छिन्।
उनले वेस्टर्न एण्ड साउथर्न ओपन टेनिस अन्तर्गत बुधबार भएको खेलमा पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्कालाई पराजित गरेकी हुन्। सेरेना विलियम्सलाई पराजित गरेको २४ घण्टाभन्दा कम समयमै उनले अजारेन्कामाथि ६-० र ६-२ को सेटको जित हासिल गरेकी हुन्।
१९ वर्षकी रादुकानुले विलियक्सलाई ६-४ र ६-० ले पराजित गरेको १८ घण्टामै अजारेन्कासँग खेलेकी हुन्।
रादुकानुले अबको चरणमा जेरिका पेगुलासँग खेल्नेछिन्। विश्व वरीयतामा १३ औँ स्थानमा रहेकी रादुकानुले बिहीबार अन्तिम १६ खेलमा अमेरिक पेगुलाको सामना गर्ने भएकी हुन्।