चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३, अभिषेक चुडालले जिते

काठमाडौं - चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तराष्ट्रिय अवार्ड चुमेका छन् । चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन् । ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्पm लाग्दा नै थियो । टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेक भन्छन् । 

हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिष्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका थिए । अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले सम्पूर्ण तयारी सहित मिष्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो । मिष्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए । मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए । प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए । 

काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्पmबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन् । 

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए । अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×