काठमाडौँ। नेपाली चलचित्र 'म’ को छायांकन सोमबारबाट थालिएको छ। कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक बनाउन लागेको चलचित्रको छायांकन राजधानीको महेन्द्र निधि अस्पतालबाट सुरु गरिएको छ। सुवर्ण थापाको निर्देशनमा बनिरहेको चलचित्रमा रोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहनेछ।
चलचित्रको मुख्य भूमिकामा अभिनेता नरेन खड्काको पनि प्रवेश भएको छ। कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको चलचित्रमा बनिष शाहको सम्पादन र तेन्जिन पाल्देनको छायांकन रहनेछ। पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता रहेको चलचित्रको छायांकन राजधानीमा हुनेछ।