प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिवि तथा मूलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। समूह ‘ए’ मा नेपाल एपिएफ, त्रिभुवन आर्मी क्लब,कर्णाली प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश-१ रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। यो खेल त्रिवि क्रिकेट मैदान हुनेछ।

पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×