स्ट्रिमिङ साइट्सले हटायो माइकलका तीन गीत

काठमाडौँ - विश्वविख्यात पप गायक तथा डान्सर माइकल ज्याक्सन प्रायः आफ्नो गीतका कारण चर्चामा आइरहन्थे। भलै उनी अहिले संसारमा नभए प्नि उनको गीतले अझै दर्शकलाई मनोरञ्जन दिइरहेको छ। यहीबीचमा दिवंगत गायकसँग जोडिएको एक खबर बाहिर आएको छ।

हालै मात्र माइकलका तीन गीतलाई स्ट्रिमिङ साइट्सबाट हटाइएको छ। माइकलका यी गीतलाई लामो समयदेखि अरुकै गीत भनेर दाबी भइरहँदा स्ट्रीमिङबाट हटाइएको हो।

नक्कली आवाज समावेश भएको हुनसक्ने कारण देखाउँदै ठूला स्ट्रिमिङ प्लेटफर्महरु स्पटीफाइ र एप्पल म्युजिकले माइकल ज्याक्सनका तीन गीतलाई हटाएका छन्।

सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले पनि ती गीत हटाइएको घोषणा गरेका छन्। हटाइएका गीतमा ब्रेकिङ न्युज, किप योर हेड अप र मोन्स्टर बोलका गीत छन्। यी सबै गीत सन् २०१० को एल्बम ‘पोस्टथोमस’मा संग्रहित थिए।

ती गीतमा नक्कली आवाज भएको हुनसक्ने कारण देखाउँदै ज्याक्सनका प्रशंसकले अदालतमा मुद्दा दायर गरेका थिए। सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले गीत हटाउनुको अर्थ ती गीतको सत्यतासँग सम्बन्ध रहेको बताएका छन्।

‘गीतबारे उठेका विवादलाई साम्य तुल्याउन यी कदम चालिएका हुन्,’ गीत हटाउनुपर्ने कारणबारे सोनी र प्रतिष्ठानले उल्लेख गरेका छन्। उनका परिवारले समेत सार्वजनिक गीतहरु माइकलले नै गाएका हुन् भनेर शंका गरिरहेका थिए। ज्याक्सनका भतिजाले ट्वीटरमार्फत ती गीत ज्याक्सनले गाएकोजस्तो नदेखिएको उल्लेख गरेका छन्।

सन् २०१४ मा ज्याक्सनका फ्यान भेरा सरोभाले केही स्ट्रिमिङ प्लेटफर्मले नक्कली गीतबाट लाखौं कमाइ गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन्। यद्यपि, अदालतले सन् २०१८ मा सोनी र एस्टेटको पक्षमा फैसला सुनाउँदै उजुरी खारेज गरेको थियो। त्यसपछि सरोवाले क्यालिफोर्नियाको सर्वोच्च न्यायालयमा अपिल गरेका थिए। तर, न्यायाधीशहरुले भने यो विषयमा कुनै सुनुवाई गरेनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×