काठमाडौँ- नेपाली लेखक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आगामी चैत १८ र १९ गते हुने भएको छ। सङ्घको अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ।
प्रतिनिधिलाई पायक पर्ने गरी यथाशीघ्र नै अधिवेशनस्थलको टुङ्गो लगाइने सङ्घका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा नेपालले बताए।
सङ्घको विधान संशोधनका लागि सङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार डा तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र मुखपत्र ‘लेखक’ प्रकाशन गर्नका लागि सङ्घका महासचिव डा नेपाल प्रधानसम्पादक रहने गरी सात सदस्यीय सम्पादक मण्डल गठन गरिएको सङ्घका अध्यक्ष श्रवण मुकारुङले जानकारी दिए। सङ्घको स्थापना २००८ सालमा भएको थियो ।