फिल्म 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक

काठमाडौँ - फिल्म 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको यस फिल्ममा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ।

सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा प्रेम सम्बन्धमा हुने उतारचढावलाई देखाइएको छ।

फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा रहेका छन्।

फिल्म चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको देखिन्छ। फिल्म भदौ ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×