काठमाडौँ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको मिति सारिएको छ।
आगामी २५ गते हुने भनिएको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको हो। २५ गतेका लागि नहुने भएपछि बैठक यही पुस २७ गते मंगलबार अपराह्न १ बजेका लागि तय गरिएको छ। बैठक बस्ने मितिको पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन्।