फ्रेन्च लिग वानः पिएसजीको जितमा एम्बाप्पेको २ गोल

काठमाडौँ - फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा पिएसजी विजयी भएको छ। ऊ घरेलु टोली नान्टेसविरुद्ध ३-० ले विजयी भएको हो।

स्टेड डे-ला बेउजोइरेमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले २ तथा नुनो मेण्डिसले १ गोल गरेका थिए। खेलको १८ औं मिनेटमा एम्बाप्पेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो।

२४ औं मिनेटमा फाबियोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि नान्टेस १० खेलाडीमा सीमित भयो। ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेका थिए।

६८ औं मिनेटमा मेण्डिसले गोल गरेपछि पिएसजीले ३-० को सहज जित निकालेको हो। जितसँगै ६ खेलमा १६ अंक जोडेको पिएसजी शीर्ष  स्थानमा रहँदा पराजित नान्टेस समान खेलबाट ६ अंकका साथ १० औं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×