काठमाडौँ । करिब तीन सातादेखि भइ रहेको सर्वोच्चको आन्दोलन दिन प्रतिदिन अराजक बन्दै गएको छ । हिजो सम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत बाँकी राखेनन् । उनीहरुले आफ्नो मनोमानी गर्न नपाएको आक्रोश गृहमन्त्रीमाथि समेत पोख्न भ्याए ।
उनीहरुको आन्दोलनले उग्र रुप लिँदा प्रहरी हस्तक्षेप गरेको आक्रोश उनीहरुले गृहमन्त्रीमाथि समेत पोखेका छन् । बारका उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्च परिसरमा प्रहरी परिचालन गरेको र आफ्नो आन्दोलनमा हस्तक्षेप गरेको भन्दै नारा लगाएका थिए । उनले 'गृहमन्त्री राजीनामा देऊ' भदै नारा लगाउने र उनलाई पछ्याउँदै अन्य कानुन व्यवसायीहरुले त्यहि नाराको सुँगा रटाइ गरेका थिए ।
यसमै वरिष्ठ अधिवक्ता शम्भु थापाले धम्कीको शैलीमा बार र वकिलले राजीनामा मागेपछी राजीनामा नदिने को हो भनेका थिए । उनले भने, "‘हामीले सम्मानपूर्वक राजीनामा मागेका हौँ । बारले मागिसकेपछि राजीनामा नदिने तपाईँ को हो ?"
यसरी प्रश्न गरे पश्चात सामाजिक सञ्जालमा उनीहरुमाथि व्यंग्य गर्न थालेका छन् । मानिसहरुले बारले र शम्भु थापाले मागे पछि जो पनि राजीनामा दिन वाध्य हुने भन्दै व्यंग्य गरेका छन् ।