नेपोलीसँग मिलानको हार

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा एसी मिलान नेपोलीसँग पराजित भएको छ। मिलान घरेलु मैदानमा नेपोलीसँग २-१ ले पराजित भएको हो।

मिलानोमा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। खेलको ५५औं मिनेटमा माटियो पोलिटानोले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

सर्जिनो डेस्टले पेनाल्टी बक्समा केभिचालाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै नेपोलीलाई पेनाल्टी प्रदान गर्दा पोलिटानो चुकेनन्।

६९औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए। त्यसपछि ७८औं मिनेटमा जियोभानी सिमिओनले मारियो रुइको पासमा गोल गर्दै मिलानलाई पहिलो हार चखाएका थिए।

यस जितसँगै नेपोली ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान १७ अंक नै रहेपनि एटलान्टा गोल अन्तरमा पछि रहेको छ। पराजित मिलान १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×