बहुचर्चित पक्की पुल पूरा नहुँदै गुड्यो गाडी

काठमाडौँ - उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार  पुल  सम्पन्न  नहुँदै  यातायात  सञ्चालनमा ल्याइएको छ। उदयपुर  रौतामाई  गाउँपालिका–५  आँपटार  र  खोटाङ  खोटेहाङ  गाउँपालिका–९  लिच्कीराम्चे  जोड्ने  पुलमा  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो। बहुचर्चित  सुनकोसी  नदीमाथिको  फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ। पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट ढलान गर्न बाँकी नै छ।

मुग्लिङपछि  नेपालकै  दोस्रो ’आर्क  डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन  मोटरेबल  पक्की  पुल  निर्माण  अन्तिम  चरणमा  पुगेकै  बेला  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो। लामो समय अलपत्र रहेको सो पक्की पुल निर्माणको अन्तिम चरणमा रहेकै समय बिहीबारबाट जबर्जस्ती यातायात सञ्चालन गरिएको  छ।

१०  वर्षदेखि  अलपत्र  पुल  अन्तिम चरणमा छ। पुलको बेरिङकोट, एप्रोज रोडलगायतका  कामै  नसकी  सञ्चालनमा  आएको छ। करिब १९ करोड ६० लाखको लागतमा  गौरी  पार्वती  वाईपी  जेभीले  २०७५  चैतमा  सक्नेगरी  ठेक्का  लिएको  थियो। तर, ढिलासुस्तीका कारण अझै काम सकिएको छैन। पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारी निर्माण अन्तिम चरणमा पुगेको  बताउँछन्। अब  एक  महिनाभित्र  सकिने  उनी  भन्छन्।
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×