जोखिम मोलेरै बिरामीको स्याहार गर्दै बिरामीका कुरुवा

धनगढी - सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन्। चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयमले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ। जसका कारण कुरुवामासमेत सङ्क्रमणको जोखिम देखिएको छ।

सघन उपचार कक्ष बाहिर भेटिएका कुरुवा वीरसिंह धामीले भने,‘‘एकतिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ,अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नु पर्दा आफै सङ्क्रमित भइने जोखिम छ।’’ बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पुर्‍याउन २४सै घन्टा कुरुवा बस्नै परेको उनको भनाइ छ। गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो। बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ।

कोरोना भाइरस फैलिएयता हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २८२ हजार व्यक्ति सङ्क्रमित भइसकेका छन्। विगत एक हप्ताभित्रमा सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशमा पछिल्लो एक हप्ताभित्रमा तीन हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×